Kathmandu Press

कार्यदलको म्याद थप्ने विषयमा विवादहुँदा सचिवालय बैठक अनिर्णित

काठमाडौं, फागुन ९ : नेकपाको सचिवालय बैठकमा पार्टी एकीकरणका लागि गठन भएको कार्यदलको म्याद थप्ने विषयमा विवाद भएको छ । विवादका कारण नेकपा सचिवालय बैठक अ....

कार्यदलको म्याद थप्ने विषयमा विवादहुँदा सचिवालय बैठक अनिर्णित
फाइल फोटो

काठमाडौं, फागुन ९ : नेकपाको सचिवालय बैठकमा पार्टी एकीकरणका लागि गठन भएको कार्यदलको म्याद थप्ने विषयमा विवाद भएको छ । विवादका कारण नेकपा सचिवालय बैठक अनिर्णित भएको छ ।

बिहीबारको सचिवालय बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव राखेका थिए । सचिवालयका बहुमत सदस्य त्यसको विपक्षमा उभिएका थिए ।

अध्यक्ष ओलीसँगै सचिवालय सदस्य ईश्वर पोखरेल कार्यदल विघटन गर्ने पक्षमा थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य सदस्यहरु विपक्षमा उभिएका थिए ।

जसका कारण सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन् । आजको बैठकमा कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको थियो ।

कुनै सहमति हुन नसकेपछि आजको बैठक स्थगित भएको छ । भोलि फेरि सचिवालयको बैठक बस्ने जनाएको छ ।

कार्यदलका सदस्यहरुले एक साता म्याद थप्न माग गरेका थिए । उनीहरुले धेरै विषय टुङ्गिएको र केही विषयमा मात्रै सहमति गर्न बाँकी रहेको जिकिर गरेका थिए ।

रामबहादुर थापा बादलको नेतृत्वमा रहेको कार्यदलमा पनि विवाद छ । जसका कारण प्रतिवेदन तयार हुन सकेको छैन् । कार्यदलले प्रतिवेदन नबुझाउँदा नेकपा एकीकरण प्रक्रिया लम्बिएको छ ।

प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, फागुन ९, २०७५