Kathmandu Press

कतारले भारतीय नौसेनाका अधिकारीको याचिका स्वीकार गर्‍यो

यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो।
कतारले भारतीय नौसेनाका अधिकारीको याचिका स्वीकार गर्‍यो

काठमाडौं, मंसिर ८ : कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ। कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाई गर्ने पनि जनाइएको छ। यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

भारत सरकारले आठ पूर्व नौसेना अधिकारीहरूलाई मृत्युदण्डको सजायको विरुद्धमा यो याचिका दायर गरेको थियो। कतार अदालतले बिहीबार भारतको याचिका स्वीकार गर्दै थप अध्ययन गरेर छिट्टै सुनुवाई सुरु गर्ने छ। भारतीय नौसेनाका आठ पूर्व अधिकारी कतारको देहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिस नामक कम्पनीमा काम गरिरहेका थिए।

उनीहरु सबैलाई सन् २०२२ को अगस्टमा पक्राउ गरिएको थियो। कतार सरकारले पूर्व नौसेना अधिकारीहरू विरुद्धको आरोपको बारेमा भने जानकारी दिएको छैन। अक्टोबर २६ मा कतार अदालतले यी पूर्व अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्