Kathmandu Press

कोरोना भाइरसका कारण चिडियाखानामा बाह्य पर्यटक घटे

काठमाडौं फागुन १९ : राष्ट्रिय प्रकृति संरक्षण सदर चिडियाखाना घुम्न आउने बाह्य पर्यटकको संख्यामा कमी आएको छ। गत नोभेम्बरको अन्यदेखि चीनमा फैलिएको कोरोन....

कोरोना भाइरसका कारण चिडियाखानामा बाह्य पर्यटक घटे

काठमाडौं फागुन १९ : राष्ट्रिय प्रकृति संरक्षण सदर चिडियाखाना घुम्न आउने बाह्य पर्यटकको संख्यामा कमी आएको छ। गत नोभेम्बरको अन्यदेखि चीनमा फैलिएको कोरोना भाइरसको कारण पर्यटकको संख्यामा कमी आएको हो।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ६ लाख ५८ हजार दुई सय ९५ आन्तरिक पर्यटकले चिडियाखाना अवलोकन गरेका छन्। भने, तीन हजार सात सय ४६ बाह्य पर्यटकले चिडियाखाना अवलोकन गरेका छन्। 

सदर चिडियाखानाको सुचना अधिकारी लिना चालिसेका अनुसार गत वर्षको तुलनामा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटकको संख्याम कमी आएको छ। गत वर्ष ७ महिनाको अवधिमा ६ लाख ५५ हजार तीन सय ५९ आन्तरिक पर्यटक थिए भने चार हजार आड सय ३३ बाह्य पर्यटकले चिडियाखाना अवलोकन गरेका थिए। घुम्न भन्दापनि जनावरबारे अध्ययन गर्न आउने गरेको पर्यटक गत वर्षको तुलनामा एक हजार ८७ घटेको उनले बताइन्।

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्