Kathmandu Press

उत्कृष्ट १६ करदाता सम्मानित [तस्बिरहरू]

आर्थिक वर्ष २०७८र७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ।
उत्कृष्ट १६ करदाता सम्मानित [तस्बिरहरू]

काठमाडौं, मंसिर ७ : सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरे।

4H0A8899-1700722415.jpg

आर्थिक वर्ष २०७८र७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ। निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन्। 

Hardik ivf

4H0A8883-1700722430.JPG

यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन्।  विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ। 

4H0A8854-1700722432.jpg

सरकारले उत्कृष्ट करदातालाई एक वर्षका लागि विशेष प्रकारको परिचय पत्र उपलब्ध गराउने भएको छ। कार्यक्रममा अर्थसचिव डा. कृष्णहरि पुस्करले उत्कृष्ट करदातालाई परिचयपत्र दिने प्रक्रिया आजैदेखि सुरु भएको जानकारी दिए। सो अवसरमा अर्थमन्त्री डा महतले कर प्रशासनमा उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गरेका थिए। 

4H0A8840-1700722465.JPG

4H0A8829-1700722467.JPG

4H0A8821-1700722531.jpg

4H0A8771-1700722559.JPG

4H0A8778-1700722547.JPG

4H0A8787-1700722546.jpg

4H0A8805-1700722533.JPG

4H0A8763-1700722562.JPG

4H0A8754-1700722573.JPG

4H0A8741-1700722575.JPG

4H0A8725-1700722621.jpg

4H0A8687-1700722717.jpg

4H0A8695-1700722681.JPG

4H0A8706-1700722680.jpg

4H0A8719-1700722627.JPG

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, मंसिर ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्