‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गरिने
चितवन, मंसिर ६ : चितवनको भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ।
भरतपुर महानगर र नेपाल पर्यटन बोर्डले बुधबार संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले उपयुक्त समयमा चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियानलाई सफल बनाउनुपर्ने बताए।
पर्यटन प्रवद्र्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। भ्रमण वर्षमा लगानी सम्मेलन, हेरिटेज म्याराथन, सरकार जङ्गल फेस्टिवल, साहित्यिक कार्यक्रम लगाएतका कार्यक्रम हुने महानगरले जनाएको छ।