Kathmandu Press

सन् २०२४ मा श्रीलंकामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ : राष्ट्रपति विक्रमासिंघे

राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलंकाको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसद्मा गर्नुभएको विशेष सम्बोधनमा सो जानकारी दिएका हुन्। 
सन् २०२४ मा श्रीलंकामा राष्ट्रपति र संसदीय निर्वाचन हुन्छ : राष्ट्रपति विक्रमासिंघे

कोलम्बो, मंसिर ६ :  श्रीलंकामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलंकाको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसदमा गरेको विशेष सम्बोधनमा सो जानकारी दिएका हुन्। 

Hardik ivf

आफूले निर्वाचन स्थगन गर्ने भन्ने आरोपलाई उनले अस्वीकार गरे। सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनले जानकारी दिए। 

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ। 

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे। 

प्रकाशित मिति: १६:४४ बजे, बुधबार, मंसिर ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्