प्रहरी नियन्त्रणमा रहेका चिनियाँ कामदारमाथि अनुसन्धान शुरु
काठमाडौं, फागुन २० : जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको चिनियाँ कामदारलाई मंगलबार काठमाडौं ल्याइएको छ। पासपोर्ट तथा परिचय पत्र....

काठमाडौं, फागुन २० : जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको चिनियाँ कामदारलाई मंगलबार काठमाडौं ल्याइएको छ। पासपोर्ट तथा परिचय पत्र नभएका र पर्यटक भिषामा आएर लामो समयसम्म अबैध रुपमा बसेको भन्दै प्रहरीले आठ चिनियाँ नागरिकलाई साेमबार नियन्त्रणमा लिएको थियो।
उनीहरुले माथिल्लो बुढीगण्डकी जलविद्युत आयोजनाको सर्वेक्षणको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ गुवाङलिन, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन र याङ जियाचुनलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको हो।
यसअघि नै उनीहरुलाई आवश्यक कागजपत्र जुटाउन आग्रह गरेपनि अटेर गरेपछि नियन्त्रणमा लिइएको उनले बताए। कागजपत्र विना काम गर्दै आएका १५ जना मध्येमा ७ जनाले काम छोडेर गइसकेका छन्।
उनीह्रुमाथि आवश्यक अनुसन्धान थालिएको अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेलले बताए।











