Kathmandu Press

निर्णय कार्यन्वयन नभएको भन्दै लेखा समिति खारेज गर्न सत्तारुढ सांसदहरुको माग

काठमाडौं, फागुन ९ : सत्तारुढ दलका सांसदहरुले लेखा समितिनै खारेज गर्न माग गरेका छन् । 

सांसदहरूले लेखा समितिले गरेका निर्णय सरकारले कार्....

निर्णय कार्यन्वयन नभएको भन्दै लेखा समिति खारेज गर्न सत्तारुढ सांसदहरुको माग

काठमाडौं, फागुन ९ : सत्तारुढ दलका सांसदहरुले लेखा समितिनै खारेज गर्न माग गरेका छन् । 

सांसदहरूले लेखा समितिले गरेका निर्णय सरकारले कार्यन्वयन नगरेको भन्दै समितिको औचित्यनै नरहेको भन्दै खारेज गर्न माग गरेका हुन् । 

सांसदहरुले नेपाल वायुसेवा निगमले खरिद गरेका वाइडवडी जहाजको छानविनको प्रतिवेदन कार्न्वयन हुन नसकेको आरोप लगाएका छन् ।  नेकपाका सांसद प्रेम आले मगरले वाईडवडीको छानविनमा सरकारले छारो हालेको बताउदै लेखा समितिको औचित्यनै सकिएको भन्दै खारेजीको माग गरे । ‘यहाँ धेरै उजुरी आउने गरेको तर हामीले गरेको छानबिन कार्न्वयन नभएपछि समितिको बारेमा समाजमा नकारात्मक खवर बाहिर गएको छ’ आलेले बैठकमा भने, ‘निर्णय कार्यन्वय नगर्ने हो भने समितिनै खारेज गरौ ।’

त्यस्तै अर्का सांसद हृदयेश त्रिपाठी, विरोध खतिवडा लगायतले पनि लेखा समितिले गरेका छानविन राज्यको निकायले वेवास्ता गरेकोले समितिको औचित्य सकिएको बताए । बैठकमा सभापति भरत शाहले कसैले कसैलाई आरोप र आक्षेप लगाउने काम नगर्न आग्रह गरेका थिए । 

प्रकाशित मिति: १३:०६ बजे, बिहीबार, फागुन ९, २०७५