Kathmandu Press

आगलागी पीडितलाई विदेशबाट आर्थिक सहयोग

विभिन्न देशमा रहेका मुगाली रारा प्रवास समाजका सदस्यहरुले संकलन गरेको ३० हजार ३ सय ४५ रुपैयाँको चेक समाजका सदस्य तथा पत्रकार दानबहादुर बुढाले पीडितलाई हस्तान्तरण गरे।
आगलागी पीडितलाई विदेशबाट आर्थिक सहयोग

मुगु, मंसिर ४ : छायानाथ रारा नगरपालिका ४ भामवाडाका अग्निपीडित कुन्तरी रावलको परिवारलाई आर्थिक सहयोग गरिएको छ।

विभिन्न देशमा रहेका मुगाली रारा प्रवास समाजका सदस्यहरुले संकलन गरेको ३० हजार ३ सय ४५ रुपैयाँको चेक समाजका सदस्य तथा पत्रकार दानबहादुर बुढाले पीडितलाई हस्तान्तरण गरे।

Hardik ivf

आगलागीमा घरभित्र रहेका अन्न, भाँडाकुँडा, कपडालगायत सबै सम्पत्ति नष्ट भएकाले छायानाथ रारा नगरपालिकाले राहतस्वरूप ३५ हजार रुपयाँ र नेपाल रेडक्रस शाखा कार्यालय मुगुबाट त्रिपाल, खाद्यान्न र भाँडाकुँडा सहयोग गरिएको थियो।

विदेशमा रहेका जिल्लाबासीको सहयोग पाएपछि पीडित कुन्तरी रावलले खुसी व्यक्त गर्दै सहयोगीहरुलाई धन्यवाद दिइन्। गत कात्तिक २३ गते छायाँनाथ रारा नगरपालिका वडा–४ भामवाडामा विद्युतको तार सर्ट हुँदा घर जलेर नष्ट भएको थियो।  

तीन तलाको घरमा आगो सल्किएपछि घरभित्र रहेका कपडा, कोदो, चामल, खानेकुरा, बालबालिकाका किताब, नगद र गरगहना जलेर नष्ट भएको थियो।
 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, मंसिर ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्