Kathmandu Press

गमगढीको बीच बजारमा चोरी

गमगढीको बीच बजारमा चोरी

मुगु, मंसिर ४ : सदरमुकाम गमगढी बजारमा रहेको कृष्ण चोकनजिक आइतबार राति एक किराना पसलमा चोरी भएको छ।

बीच बजारमा रहेको लक्ष्मी थापा बुढाले सञ्चालन गरेको जेनिशा स्टोर एण्ड सप्लायर्समा चोरी भएको हो। कालीकामालिका अस्थायी सुरक्षा प्रहरी पोष्टबाट करिब २ सय मिटर तल रहेको पसलको ढोकामा लगाएको ताला फोरेर अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ।

Hardik ivf

बिहान पसल खोल्न जाादा ताला फोरेको पाइएको पसल सञ्चालकले बताए । पसलको र्याकभित्र रहेको रुपैयाँ राख्ने घर्राबाट र खुत्रुकेमा दैनिक बचत गरी राखेको रुपैयाँसहित केही सामान चोरी भएको बुढाले बताइन्। प्रहरीका अनुसार २ लाख ५० हजारभन्दा बढी नगद, खुत्रुकेमा भएको नगद, मोबाइल सेट, पावर बैंक चोरी भएको छ। 

उक्त पसलमा भएको चोरीबारे अनुसन्धान थालिएको र संलग्न समूहको खोजी भइरकेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले बताए।बजारका विभिन्न स्थानमा छायाँनाथ रारा नगरपालिकाले सिसी क्यामरा जडान गरेको भए पनि चोरका घटना रोकिएका छैनन्।
 

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, मंसिर ४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्