Kathmandu Press

चीनको सेन्जेनमा कुकुर र बिरालोको मासु प्रतिबन्ध लगाउने तयारी

चीनको सेन्जेनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। वन्यजन्तुको कारोबारले कोरोना भाइरस फैलाएको वैज्ञानिकले शंका गरेका छन्। कारोबारमा समेत कडाइ गरिए....

चीनको सेन्जेनमा कुकुर र बिरालोको मासु प्रतिबन्ध लगाउने तयारी

चीनको सेन्जेनमा कुकुर र बिरालोको मासुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। वन्यजन्तुको कारोबारले कोरोना भाइरस फैलाएको वैज्ञानिकले शंका गरेका छन्। कारोबारमा समेत कडाइ गरिएको छ।

सेन्जेन प्रशासनले सुँगुर, कुखुरा, गाइ गोरू, खरायो, माछा,  सिफूड लगायत नौ प्रकारका मासुमात्रै खुला गरेको छ।

“विकसित देशमा वन्यजन्तुको मासु निषेध गर्ने सामान्य अभ्यास हो र आधुनिक सभ्यताको विश्वव्यापी आवश्यकता पनि हो,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

Hardik ivf

नयाँ भाइरस पशुबाट सरेको वैज्ञानिकहरूको शङ्का छ। हुबेइको प्रान्तीय राजधानी वुहानको एउटा वन्यजन्तु बजार पुगेका केही व्यक्तिलाई सबैभन्दा पहिले संक्रमण भएको थियो। त्यहाँ चमेरा, सर्प लगायतका वन्यजन्तु बिक्री गरिन्छ।

सूचना अनुसार कुकुर र बिरालोलाई घरपालुवा जनावर भएकाले तिनको मासु प्रतिबन्ध गरिनेछ। चीनको दक्षिण भेगमा लोकप्रिय भए पनि सर्प, कछुवा र भ्यागुताको मासु पनि प्रतिबन्धित सूचीमा राखिएको छ।

सेन्जेनमा कुकुर र बिरालोको मासु निषेध गर्नु स्वागतयोग्य भएको पीटर लीले बताए। उनी ह्युमन सोसाइटी इन्टरनेसनल नामक वन्यजन्तुका लागि काम गर्ने संस्थाका नीति विशेषज्ञ हुन्।

“ग्वाङदोङ प्रान्तको तुलनामा सेन्जेनको कारोबार निकै सानो हो। सेन्जेन ठूलो शहर हो र वुहानभन्दा ठूलो छ। त्यसैले यो निर्णय प्रभावकारी हुनसक्छ। अन्य शहरले पनि यसलाई अनुकरण गर्नसक्छन्,”उनले भने।

भेडा, गधा, हाँस र परेवाको मासु निषेध गरिएको छैन। सूचनामा चीनमा दुई हजारभन्दा धेरै प्रजातिका वन्यजन्तु संरक्षित भएको उल्लेख छ। वन्यजन्तुको मासु बिक्री वितरणमा पहिलो पटक जनवरीमा निषेध गरिएको थियो। केन्द्र सरकारले वन्यजन्तुको कारोबार र खपतमा तत्काल प्रतिबन्ध लगाएको छ।

सिन्ह्वाका अनुसार स्टेट फरेस्ट्री एन्ड ग्रासल्यान्ड एडमिनिस्ट्रेसनले पनि संरक्षणित वन्यजीवनको क्षेत्राधिकार विस्तार गर्ने तयारी थालेको छ। मासुका लागि वन्यजीवन प्रजनन गर्ने अनुमति लिएका संस्थाको प्रमाणपत्र पनि खारेज गर्ने भएको छ।

संरक्षित जनावरको मासु खानेलाई २० हजार युआन (२,८५० अमेरिकी डलर) र गैर संरक्षित जनावरको मासु खानेलाई दुई हजार युआन जरिवाना गरिने छ। संरक्षित जनावरको मासु विक्री वितरण गर्ने पसललाई ५० हजार युआनसम्म जरिवाना हुनेछ।
 

प्रकाशित मिति: ०६:३६ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्