Kathmandu Press

अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका आठ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका दुई जनालाई केन्द्रीय सदस्य ....

अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका आठ जना केन्द्रीय सदस्यमा मनोनीत
फाइल

काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका दुई जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। 

सोमबार अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णय अनुसार सिफारिस भएका ८ जनालाई मनोनयन गरिएको हो। 

‘विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका पार्टी सदस्यलाई, नेपाली कांग्रेसको विधान बमोजिम पार्टी केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा देहाय बमोजिम मनोनयन गरिएको छ’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

यी हुन् मनोनीत भएकाहरू :

१. श्री जंगीलाल राय (सर्लाही) –केन्द्रीय सदस्य
२. श्री कर्णबहादुर बुढा (डोल्पा) –केन्द्रीय सदस्य
३. श्री मोहनसिंह राठौर (कैलाली) –आमन्त्रित केन्द्रीय सदस्य
४. श्री शम्भुलाल श्रेष्ठ (सर्लाही) –आमन्त्रित केन्द्रीय सदस्य
५. श्री अभिषेक प्रताप शाह (कपिलवस्तु) –आमन्त्रित केन्द्रीय सदस्य
३. श्री दयाराम पाण्डे (लम्जुङ्ग) –आमन्त्रित केन्द्रीय सदस्य
७. श्री जनकराज कलौनी (डडेल्धुरा) –आमन्त्रित केन्द्रीय सदस्य
८. श्री भूमिबहादुर (विश्व) गुरुङ्ग (स्याङ्जा) –आमन्त्रित केन्द्रीय सदस्य

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्