विश्वकप फाइनल : भारतलाई ब्याटिङको निम्तो

अहमदावाद, मंसिर ३ : भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनल सुरु भएको छ।
अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा खेल सुरु भएको हो। फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ। विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन्।
जारी विश्वकपमा भारतले सुरुका ५ खेलमा लक्ष्य पछ्याएर जितेको थियो भने त्यसपछिका ५ खेलमा पहिला ब्याटिङ गरेको थियो। जारी विश्वकपमा पहिला ब्याटिङ गरेका कुनै पनि टोलीले भारतविरुद्ध २ सय ९० भन्दा बढी रन बनाउन सकेका छैनन्।
अस्ट्रेलियाले सेमिफाइनलसहित पछिल्ला लगातार तीन खेल लक्ष्य पछ्याउने क्रममा जितेको छ।
प्रकाशित मिति: १४:३५ बजे, आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार