Kathmandu Press

कोहलीले जवाफको साटो उल्टै पत्रकारलाई नै प्रश्न सोधेपछि...

काठमाडौं, फागुन १९ :  न्यूजिल्याण्ड भ्रमणमा भारतले खराब प्रदर्शन गर्‍यो।  

सोमबार क्राइस्टचर्चमा भएको दोस्रो टेस्टमा ७ विकेटले....

कोहलीले जवाफको साटो उल्टै पत्रकारलाई नै प्रश्न सोधेपछि...

काठमाडौं, फागुन १९ :  न्यूजिल्याण्ड भ्रमणमा भारतले खराब प्रदर्शन गर्‍यो।  

सोमबार क्राइस्टचर्चमा भएको दोस्रो टेस्टमा ७ विकेटले पराजित भएसँगै भारतले दुई खेलको टेस्ट सिरिज २–० ले पराजय बेहोर्‍यो। विराट कोहलीको नेतृत्वमा रहेको भारतले यसअघि एकदिवसीय सिरिज पनि ३–० ले गुमाएको थियो।

खेल सकिएपछि पोस्ट म्याच कन्फ्रेन्समा भारतीय कप्तान कोहली र पत्रकारहरुबीच सवाल जवाफ भयो। पोस्ट म्याच कन्फ्रेन्स आफ्ना कुरा राखिरहेका कोहलीलाई एक जना प्रश्न गरे, ‘के तपाईंले मैदानमा आफ्नो आक्रमकता कम गर्न आवश्यक छ ?’

Hardik ivf

पत्रकार यो प्रश्नलगत्तै कोहलीले त्यसमा असन्तुष्टि जनाए र रिसाए। लगत्तै अन्य पत्रकारहरुले पनि कोहलीलाई प्रश्न गरे। पोस्ट म्याच कन्फ्रेन्स कप्तान कोहली र पत्रकारबीच यस्तो सवाल जवाफ भयो।

पत्रकार : विराट, केन विलियम्सन आउट भएपछि तपाईं विलियम्सन र दर्शकतर्फ फर्किएर जसरी चिच्याउनु भयो, त्यसमा तपाईंको भनाइ के छ ? के तपाईंलाई लाग्दैन, कप्तानका रुपमा मैदानमा राम्रो उदाहरण पेश गुर्नपर्छ ?

(दोस्रो टेस्टको दोस्रो दिन न्यूजिल्याण्डका कप्तान केन विलियम्सन र ओपनर टम लाथम आउट भएपछि कोहलीले उनीहरुतर्फ फर्किएर चिच्याएका थिए। उनले दर्शकतर्फ औंला देखाउँदै अभद्र भाषा प्रयोग गरेका थिए। सो भिडियो मिडियामा आएपछि कोहलीको व्यापक आलोचना भइरहेको छ।) 

कोहली : तपाईं के सोच्नु हुन्छ? (कोहलीले प्रतिप्रश्न गरे।)

पत्रकार : मैले त तपाईंलाई प्रश्न गरेको हुँ?

कोहली : म तपाईंबाटै जवाफ खोजिरहेको छु।

पत्रकार : तपाईंं टिमको लिडर हो। तपाईंले राम्रो उदाहरण पेश गर्नुपर्छ।

कोहली : त्यहाँ के भएको थियो, पहिलो तपाईंले त्यो पत्ता लगाउनु पर्छ। त्यसपछि प्रश्न गर्नुपर्छ। तपाईं आधा र अपूर्ण प्रश्नका साथ यहाँ आउनु सक्नुहुन्न। यदी तपाईं विवाद निम्त्याउन चाहनुहुन्छ भने यो उचित स्थान होइन। मैले म्याच रेफ्रीसँग कुरा गरेको छु, मैदान जे भयो त्यसमा उनलाई कुनै आपत्ति छैन।

कोहलीले न्यूजिल्याण्डविरुद्धको खेलमा देखाएको व्यवहारप्रति अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले कुनै प्रतिक्रिया दिएका छैनन्।
 

प्रकाशित मिति: १९:३१ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्