Kathmandu Press

विश्वकप छनोटमा नेपाल युएईसँग पराजित

पहिलो हाफमा ४ गोल खाएको नेपालले दोस्रो हाफमा युएईलाई रोकेको थियो।
विश्वकप छनोटमा नेपाल युएईसँग पराजित

काठमाडौं, मंसिर १ : फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ। शुक्रबार राति दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भयो।

युएईका लागि कप्तान अली मखबूटले २ तथा खलिफा अल हम्मादी र फावियो लिमाले समान १ गोल गरे। युएईले चारै गोल पहिलो हाफमा गरेको हो ।

Hardik ivf

पहिलो हाफमा ४ गोल खाएको नेपालले दोस्रो हाफमा युएईलाई रोकेको थियो।

खेलको १०औँ मिनेटमा खलिफा अल हम्मादीले युएईलाई सुरुआती अग्रता दिलाए। ३४औँ मिनेटमा अली मखबूटले टिमको अग्रता दोब्बर बनाए। उनले पेनाल्टीमा गोल गरेका थिए।

४४औँ मिनेटमा युएईका लागि मखबूटले नै तेस्रो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले गोल गरेपछि युएईले ४–० को अग्रता लियो।

युएईविरुद्धको खेलमा नेपालका अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले राष्ट्रिय टिममा डेब्यू गरे।

नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: ०७:४५ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्