Kathmandu Press

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

बिहीबार राति भएका खेलमो अस्ट्रेलियाले दक्षिण अफ्रिका माथि ३ विकेटको जित निकाल्यो। कीर्तिमान पाँच पटकको च्याम्पियन अस्ट्रेलिया आठौं पटक फाइनल पुगेको हो।
दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौं, मंसिर १ : दक्षिण अफ्रिकामा माथि संघर्षपूर्ण जित निकाल्दै अस्ट्रेलिया एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएका खेलमो अस्ट्रेलियाले दक्षिण अफ्रिका माथि ३ विकेटको जित निकाल्यो। कीर्तिमान पाँच पटकको च्याम्पियन अस्ट्रेलिया आठौं पटक फाइनल पुगेको हो।

Hardik ivf

दक्षिण अफ्रिकाले दिएको २१३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। अस्ट्रेलियाका लागि ट्रेभिस हेडले ६२ रन बना। उनले ४८ बलमा ९ चौका र २ छक्का प्रहार गरे।

यस्तै, स्टिभ स्मिथले, डेविड वार्नरले २९ र जोस इंग्लिसको २८ रनको योगदा दिए। दक्षिण अफ्रिकाका गेराल्ड कोट्जे र तब्रिज साम्सीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेविड मिलरको शतकको मदतमा ४९.४ ओभरमा अलआउट हुनुअघि २१२ रन बनायो। मिलरले ११६ बलमा ८ र ५ छक्का प्रहार गरे।

यस्तै, हेनरिच क्लासनले ४७ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा मिचेल स्टार्क र पाट कमिन्सले समान ३ विकेट लिँदा जोस हेजलउड र ट्रेभिस हेडले समान २ विकेट लिए।

अब उपाधिका अस्ट्रेलियाले आइतबार भारतको सामाना गर्नेछ। भारत बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलार्य हराउँदै फाइनल पुगेको हो।

प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्