वुहानबाट उद्दार गरिएका १७५ जनामै कोरोनाको संक्रमण नभएको पुष्टि
काठमाडौं, फागुन १९ : चीनको वुहानबाट उद्दार गरेर ल्याएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
क्वारेन्टाइनमा ....

काठमाडौं, फागुन १९ : चीनको वुहानबाट उद्दार गरेर ल्याएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ।
क्वारेन्टाइनमा राखिएका सबैको सोमबार आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको हो। कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि उनीहरुलाई सोमबारै घर पठाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
क्वारेन्टाइनमा राखिएका एक सय ७५ जनाको गत शनिबार स्वास्थ्य परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
सरकारले गत फागुन ४ गते चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरेर भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रको भवनमा क्वारेन्टाइनमा राखेको थियो।











