Kathmandu Press

हङकङसँग नेपालको लज्जास्पद हार

नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्ने छ । पछिल्लो जितले हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ।
हङकङसँग नेपालको लज्जास्पद हार

काठमाडौं, कात्तिक ३० : महिला टी २० चारदेशीय सिरिजमा नेपालले घरेलु टोली हङकङसँग लज्जास्पद हार व्यहोरेको छ।

बिहीबार सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको लजास्पद हार ब्यहोरेको हो।

नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्ने छ । पछिल्लो जितले हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ।

Hardik ivf

नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।

ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो। ओपनर माइल्सले ४ चौको मदतले अविजित ३० रनको शानदार इनिङ्स खेलेकी थिइन्।

हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिइन्। उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिइन्।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने थियो । पछिल्लो हारले नेपाल सिरिजबाट बाहिरिएको छ।

 

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, कात्तिक ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्