Kathmandu Press

चार देशीय महिला सिरिजमा नेपाल तान्जानियासँग पराजित

नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन्।
चार देशीय महिला सिरिजमा नेपाल तान्जानियासँग पराजित

काठमाडौं, कात्तिक २९ : हङकङमा चलिरहेको चारदेशीय महिला टी–२० आई क्रिकेटमा नेपाल तान्जानियासित २७ रनले पराजित भएको छ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ५ बलमा ८८ रनमै समेटियो।

Hardik ivf

नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन्।

ओपनर विन्दु रावल खाता नै नखोली पभेलिन फर्केपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न गएकी सम्झना खड्काले पनि खाता खोल्न सकिनन्।

अर्की ओपनर पूजा महतो टिमको स्कोर ११ रन हुँदा व्यक्तिगत ३ रनमा आउट भइन्।

चौथो नम्बरमा व्याटिङमा गएकी काजल श्रेष्ठ र पाँचौ नम्बरकी कप्तान बर्माले नेपाली इनिङ सम्हाल्ने कोसिस गरे पनि काजल ९ रनमा आउट भइन् भने रुबिना क्षेत्री एक बल पनि फेस नगर्दैै रन आउट भइन्।

यसअघि पहिला ब्याटिङ गरेको तान्जानियाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

बलिङतर्फ नेपालका संगिता राईले २ तथा कप्तान बर्मा, रुबिना क्षेत्री र पूजा महतोले समान १ विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बिहीबार हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, कात्तिक २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्