क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना नदेखिएपछि घर पठाइँदै
काठमाडौं, फागुन १९ : चीनको वुहान शहरबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनाको संक्रमण नभएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
....
काठमाडौं, फागुन १९ : चीनको वुहान शहरबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनाको संक्रमण नभएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार आएको रिपोर्टमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएपछि सबैलाई आजै घर पठाउने मन्त्रालयको तयारी छ।
क्वारेन्टाइनमा राखिएका एक सय ७५ जनाको गत शनिबार स्वास्थ्य परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
गत फागुन ४ गते वुहानबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित तालिमकेन्द्र भवनमा क्वारेन्टाइनमा राखिएको थियो।
प्रकाशित मिति: १६:०६ बजे, सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार