Kathmandu Press

देउवाले मनोनीत गरे थप सात विभाग प्रमुख

काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभाग प्रमुख मनोनीत गरेका छन्। 

कांग्रेसको विधान, २०१७ (संश....

देउवाले मनोनीत गरे थप सात विभाग प्रमुख
फाइल

काठमाडौं, फागुन १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभाग प्रमुख मनोनीत गरेका छन्। 

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम सभापति देउवाले सोमबार सात जनालाई केन्द्रीय विभाग प्रमुखमा मनोनीत गरेका हुन्। 

सभापति देउवाले केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग प्रमुखमा मनोनीत गरेका हुन्। 

यसैगरी, देउवाले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई खेलकुद विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको प्रमुखमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि शनिबार देउवाले १३ वटा विभागको जिम्मेवारी तोकेका थिए।
 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्