Kathmandu Press

पशुपतिकाे महास्नानघर पुननिर्माणकाे अन्तिम चरणमा

काठमाडौं फागुन १९ : पशुपतिमा संङग्रहालय बनाउने भनिएको महास्नानघर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ। आगमी एक महिना भित्र पुनर्निमाणको काम सकाएर सं....

पशुपतिकाे महास्नानघर पुननिर्माणकाे अन्तिम चरणमा

काठमाडौं फागुन १९ : पशुपतिमा संङग्रहालय बनाउने भनिएको महास्नानघर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ। आगमी एक महिना भित्र पुनर्निमाणको काम सकाएर संग्रालय व्यवस्थापनको तयारी थाल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले बताए।

‘भवनको पुननिर्माण भएसकेपछि पुरातत्व विभाग, पशुपति विकास कोष, संग्रालयका विज्ञ टोलीले व्यवस्थापन कसरी गर्ने भन्ने कुरा निर्धारण गर्छन,’ उनले भने, ‘अवको २÷३ महिनामा संग्रालय सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।’

संग्रालहालयमा पशुपति नाथ मन्दिरको प्रस्तर, मुर्तिकला, पुराना कलाकृत, तस्बिर, चित्रकलाका साथै मन्दिरबारे लेखिएका पुस्तक राख्ने योजना भइरहेको उनले बताए। 

तीन वर्ष अघि नेपाल इन्भेस्मेन्ट बैंकले तीन करोड रुपैयाँको लागतमा महास्नानघर पुननिर्माण गरिदिने भएपछि संग्रालय बनाउने योजना अघि बढेको थियो।

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्