Kathmandu Press

क्रिकेटर ऐरी, भण्डारी र जोरालाई सुदूरपश्चिम सरकारले ५/५ लाख दिने

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन्।
क्रिकेटर ऐरी, भण्डारी र जोरालाई सुदूरपश्चिम सरकारले ५/५ लाख दिने

धनगढी, कात्तिक २७ : सुदूरपश्चिम प्रदेश सरकारले तीन जना क्रिकेट खेलाडीलाई पुरस्कार दिने घाेषणा गरेको छ। 

मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुर्‍याउन भूमिका खेलेको भन्दै राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच/पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन्।

शाहले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेका हुन्।

शाहले क्रिकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएकाले थप एक लाख रुपैयाँ प्रदान गरिने बताएका छन्।

प्रकाशित मिति: १२:३० बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्