Kathmandu Press

भूकम्पपीडितका लागि विपद् व्यवस्थापन कोषमा ३१ लाखभन्दा बढी रकम जम्मा 

भूकम्पपीडितका लागि विपद् व्यवस्थापन कोषमा ३१ लाखभन्दा बढी रकम जम्मा 

त्रिवेणी (रुकुम पश्चिम), कात्तिक २७ : जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिममा रु ३१ लाख १४ हजार एक सय ४६ रकम जम्मा भएको छ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा विभिन्न संस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको हो। विभिन्न २० वटा सङ्घसंस्था तथा व्यक्तिमार्फत सहयोग रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए।

Hardik ivf

उनका अनुसार खातामा अरु पनि रकम जम्मा भएको तर कात्तिक २३ गतेसम्मको बैंक स्टेटमेन्ट तथा नगद बैैंक भौचर, फोन पेबाट उपलब्ध भएको रकम हो। बैंक बन्द भएकाले २३ गतेदेखि पछि जम्मा भएको रकमपछि सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए। स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ।

जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम विपद् पीडित उद्धार र राहतसम्बन्धी  (सातौँ संशोधन) मापदण्ड, २०७७ र विपद्सम्बन्धी प्रचलित कानुन बमोजिम खर्च हुने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रकाशित मिति: ०९:१५ बजे, सोमबार, कात्तिक २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्