Kathmandu Press

संसदमै उठ्यो संघीयता खारेजीको मुद्दा 

काठमाडौं फागुन १९ : राप्रपाका सांसद राजेन्द्रकुमार लिंदेनले संविधान संशोधन गरी दुई तहको शासन प्रणाली स्थापित गर्न माग गरेका छन्। सोमबार बसेको प्रतिनिध....

संसदमै उठ्यो संघीयता खारेजीको मुद्दा 

काठमाडौं फागुन १९ : राप्रपाका सांसद राजेन्द्रकुमार लिंदेनले संविधान संशोधन गरी दुई तहको शासन प्रणाली स्थापित गर्न माग गरेका छन्। सोमबार बसेको प्रतिनिधीसभाको विशेष समयमा बोल्दै उनले देशलाई ४० हजार जनप्रतिनिधी र तीन तहको सरकार बोझ बनेको भन्दै संविधान संशोधन गरेर दुई तहको प्रणाली स्थापित गर्न माग गरेका हुन्।

‘सत्तापक्षले संसोधानको कुरा उठाएर राम्रै गरेको छ। तर,  व्यक्तिका लागि संशोधन गर्ने होइन,’ उनले भने, ‘म सत्तापक्ष र प्रतिपक्षी दुवैलाई आग्रह गर्न चाहान्छु। संविधान संशोधन नै गर्ने हो भने तीन तहको प्रणाली खारेज गरेर दुई तहको शासन प्रणाली स्थापित गरौं। संवैधानिक अंगमा निस्पक्षरुपमा नियुक्त गर्ने वातारण स्थापित गरौं। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र हिन्दू राष्ट्र र संसदको नियन्त्रणमा राजसंस्था कायम गरौं।’

प्रकाशित मिति: १५:०४ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्