Kathmandu Press

सरकारले पूर्वाधार विकासमा लगाएको करबारे सभामुख सापकोटाद्वारा रुलिङ

काठमाडौं, फागुन १९ : सरकारले विकासका पूर्वाधारमा बढाएको पाँच रुपैयाँप्रति संघीय समाजवादी पार्टीले विरोध गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभाको....

सरकारले पूर्वाधार विकासमा लगाएको करबारे सभामुख सापकोटाद्वारा रुलिङ

काठमाडौं, फागुन १९ : सरकारले विकासका पूर्वाधारमा बढाएको पाँच रुपैयाँप्रति संघीय समाजवादी पार्टीले विरोध गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा नै बोल्दै सांसद सरिता गिरीले सरकारको कर प्रणालीको भारमा जनता थिचिएको बताइन्। सरकारले वायु प्रदुषणलगायत क्षेत्रमा छुट्टै कर लगाए पनि प्रदुषण नियन्त्रणमा नआएको बताइन्।

मन्त्रिपरिषद्को बैठकबाट केही दिन अघि मात्रै पूर्वाधार विकासका लागि भन्दै यसअघि नै उठाउँदै आएको ५ रुपैयाँमा थप गरी १० रुपैयाँ उठाउने गरी पेट्रोलियम पदार्थमा कर लगाएको थियो। अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुन शीर्षकमा कति कर लगाउने भन्ने विषय सरकारको नभइ संसद्को मात्रै भएको जिकिर गरिन्।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले सरकारका नाममा रुलिङ गरेका छन्। 

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्