कोशी प्रदेशको पहाडी भूभागमा वर्षा हुने
अहिले देशको पहाडी भू–भागमाआंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौं, कात्तिक २६ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ।
अहिले देशको पहाडी भू–भागमाआंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले उल्लेख गरको छ।
आइतबार राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित मिति: ०७:२४ बजे, आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
