Kathmandu Press

कोरोनाबाट बच्न सरकारको तयारीबारे जानकारी गराइयोस्ः बडु 

काठमाडौं, फागनु १९ः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले कोरना भाइरसबाट बच्न  गरिएकाे तयारीबारे संसदमा जानकारी गराउन ....

कोरोनाबाट बच्न सरकारको तयारीबारे जानकारी गराइयोस्ः बडु 

काठमाडौं, फागनु १९ः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले कोरना भाइरसबाट बच्न  गरिएकाे तयारीबारे संसदमा जानकारी गराउन सरकारसँग माग गरेका छन्। चीनको वुहान प्रान्तबाट फैलिएको भाइरस ५७ देशमा फैलिइसकेको भन्दै उनले विश्वस्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेकोले सरकारले यसबा६ बच्न गरेकाे तयारीबारे संसदमा जानकारी गराउनुपर्ने बताए। 

उपप्रधानमन्त्रीको संयोजकत्वमा सतर्कताका लागि समिति बनाइएको छ। तर, यसले के काम गर्नेछ? संसदलाई जानकारी गराइयोस्,’ उनले भने, ‘भिजिट नेपाल - २०२० हाललाई स्थगित गरेको अहिलेका लागि उपयुक्त निर्णय हो। तर, एक हप्ता यतालाई हेर्ने हो भने निर्वाधरुपमा विदेशीहरु आइरहेका छन् । थर्मन स्क्यानिङ मात्र गरिएको छ। क्वारेन्टाइनमा राख्न सकेनौं भने संक्रमण अझै बढ्न सक्छ। १ लाख भन्दा बढी मानिस बिना चेकजाँच नेपाल भित्रिएका छन्।’

उनले सरकारले इन्धनमा दोब्बर कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाए। ‘सरकारले इन्धनमा दोब्बर कर लगाउने निर्णय गरेको छ। आफुले प्रक्षेपण गरेको राजस्व उठाउन असफल भएकाले चोरबाटोबाट कर बढाउने निर्णय गरिएको छ,’ उनले भने, ‘योे संसदको अपमान हो। संसद चलिरहेको अवस्थामा चोर बाटोबाट कर बढाएर आपत्तिजनक काम गरेको छ।’

प्रकाशित मिति: १४:३१ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्