Kathmandu Press

योजना बोकेर मन्त्रालयमा सांसदले भैलो खेल्नु नपरोसः सांसद पौडेल 

काठमाडौं, फागुन १९ः सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले सांसदहरुले मन्त्रालयमा योजना बोकेर भैलो खेल्ने अवस्थाको अन्त्य ....

योजना बोकेर मन्त्रालयमा सांसदले भैलो खेल्नु नपरोसः सांसद पौडेल 

काठमाडौं, फागुन १९ः सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले सांसदहरुले मन्त्रालयमा योजना बोकेर भैलो खेल्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन। सोमबार बसेको प्रतिनिधी सभा बैठकको विषेश समयमा बोल्दै पौडेलले अहिले सांसदले योजनाको फाइल बोकेर मन्त्रालयमा भैलो खेल्नुपरेकाले नीति निर्माणमा बलियो भूमिका खेल्न नसकेको बताएका हुन्।

‘सरकारसँग अनुरोध छ, सांसदले भैलो खेल्ने गरी योजना लिएर हिँड्ने अवस्थाको अन्त्य होस्,’ उनले भने, ‘विज्ञहरुको टिम खडा गरेर स्पष्ट विकासको खाका तयार गर्न सरकार अघि बढोस्। सांसदले फाइल बोकेर जाँदा कर्मचारीले अल्झाए भन्ने जवाफ आउँछ। कर्मचारीले कानुन देखाउँछन्।’ उनले सकारको कोषमा अहिले पनि २ खर्ब भन्दा बढी रकम सञ्चिती रहेको भन्दै  विकास निर्माणको काममा तिव्रता दिन सरकारसँग आग्रह गरे। ‘विकास निर्माणको कामलाई तिव्रता दिइयोस्, त्यसमा ढिलाइ भएको छ। सरकारका मन्त्री र प्रधानमन्त्रीको नेतृत्वमा संचित भएको रकम विकास निर्माणमा लगाइयोस्,’ उनले भने, ‘जनताले विकास निर्माणको तव्रिता खोजेका छन्। राष्ट्रिय गौरवका योजना सुस्त गतिमा अघि बढेका छन्। कानुनी जटिलता फुकाएर तोकिएका समयमा पुरा गर्नुपर्छ।’

उनले सुरु भएका परियोजनालाई बीचमै छोडेर नयाँ योजना माग्ने काम गर्न नहुने भन्दै राज्य कोषमा पुँजी थुप्रिएको सुन्दा लज्जा महसुस भएको बताए। उनले यो आर्थिक वर्षमा समेत पुरानै प्रचलन देखिएको भन्दै त्यसलाई रोक्न विशेष पहल गर्नुपर्ने बताए। उनले विकासको गति सुस्त हुँदा जनताका गुनासो बढीरहेको बताए। ‘जनताले सुशासन र विकासका काममा प्रश्न उठाउने गरेका छन्। निर्वाचनका बेलामा गरेका प्रतिवद्धता पुरा गर्ने जिम्मेवारी हाम्रो हो,’ उनले भने, ‘नेपालको इतिहासमै बलियो सरकार बनेको छ। यो निर्धक्कताका साथ काम गर्नुपर्ने अवस्था हो। खुट्टा नकमाइ काम गर्ने बेला हो,’ उनले भने, ‘तर त्यसो हुन सकिरहेको छैन। जनताको गुनासो त्यसमै छ।’

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्