Kathmandu Press

पाँच देशका नागरिकलाई ‘अनअराइभल भिसा’मा रोक

काठमाडौं, फागुन १९ : सरकारले पाँच देशका नागरिकलाई ‘अनअराइभल भिसा’मा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर सरकारले रोक ....

पाँच देशका नागरिकलाई ‘अनअराइभल भिसा’मा रोक

काठमाडौं, फागुन १९ : सरकारले पाँच देशका नागरिकलाई ‘अनअराइभल भिसा’मा रोक लगाइएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर सरकारले रोक लगाएको हो।

गृह मन्त्रालयका अनुसार चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई अब ‘अनअराइभल भिसा’ दिइनेछैन। उनीहरूलाई मार्च ७ देखि मार्च ३१ सम्मका लागि रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारीमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

त्यसको भोलिपल्टै गृहले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अध्यागमन विभागमार्फत पाँच मुलुकका नागरिकलाई ‘अनआराइभल भिसा’मा तत्कालका लागि रोक लगाएको हो।

हङकङसहित पाँच देशका नागरिकले नेपाल आउनु परे सम्बन्धित देशमै रहेको नेपाली दूतावास र कूटनीतिक नियोगमा कोरोना भाइरससम्बन्धी स्वास्थ्य परीक्षणको रिपोर्ट बुझाउनुपर्नेछ। उनीहरुको आवश्यकता र औचित्यअनुसार भिसा दिइने मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि सतर्कता अपनाउन थालिएको हो। कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति समेत गठन गरिएको छ।

 

प्रकाशित मिति: १४:२२ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्