Kathmandu Press

प्रचण्डमाथि जुत्ता प्रहारको घटना छानबिन गर्न समिति गठन

काठमाडौं, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि आइतबार भएको जुत्ता प्रहारको घटना छानबिन गर्न एक वरिष्ठ प्रहरी ....

प्रचण्डमाथि जुत्ता प्रहारको घटना छानबिन गर्न समिति गठन

काठमाडौं, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि आइतबार भएको जुत्ता प्रहारको घटना छानबिन गर्न एक वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा समिति गठन भएको छ।

उपत्यकाको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो।

समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना रहेका छन्।

तीन दिनभित्र समितिले घटनाबारे प्रतिबेदन बुझाउनेछ।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ।

तिरुवाले प्रचण्डको भाषण आफुलाई मन नपरेपछि जुत्ता प्रहार गरेको बयान प्रहरीमा दिएका छन्।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्