Kathmandu Press

पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको छ : अध्यक्ष हमाल

पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको छ : अध्यक्ष हमाल

काठमाडौं, कात्तिक २३ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका छन्।

बिहिबार एशियन बैकर्स संघ (एबीए) को ३९औं कन्फरेन्समा बोल्दै उनले पछिल्लो समय पुँजी बजार क्षेत्रमा लगानी बढिरहेको बताएका हुन्।

‘अर्थतन्त्र कोभिडको चपेटामा पर्यो तर पनि अर्थतन्त्र चलिरहेको छ। अहिले पुँजीबजार क्षेत्रमा लगानी बढ्दै गइरहेको छ । अर्थतन्त्रको आकार पनि बढेकै छ, बैंकहरुको खराब कर्जा बढेको छ । यो स्वाभाविक हो,’ उनले भने, ‘देश ठूलो महामारीबाट भरखरै बाहिर निस्कन खोजिरहेको छ। केही वर्षमा हामी यसबाट बाहिरिने छौं। त्यसकारण सकारात्मक हुनुपर्छ । देशका ठूला परियोजनाका लागि लगानी जुटाउन बाह्य रकम आवश्यक छ।’

यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा लगानी गर्ने हाल उपयुक्त समय भएको बताए। उनले नेपालको बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको पनि बताए।

Photo-(1)(17)-1699535861.jpg

‘नेपालले केही वर्षमै धेरै क्षेत्रमा फड्को मारेको छ । चाहे त्यो बैकिङ क्षेत्रमा होस्, जलविद्युत क्षेत्रमा होस् वा पर्यटन क्षेत्र होस् । देशले २० वर्ष पहिले हरेक क्षेत्रलाई कसरी म्यानेज गर्दै आइरहेको थियो तर अहिले हामी धरै अगाडि बढिसकेका छौं,’ उनले भने।

सो कन्फरेन्समा २७ देशका बैंकका सीइओहरुको सहभागिता थियो । कन्फरेन्स भोलिसम्म चल्नेछ। विदेशी बैंकका सीइओहरु बोलाएर कार्यक्रम गरिएको नेपालमा पहिलो पटक भएको नेपाल बैंकर्स संघले बताएको छ।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्