Kathmandu Press

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारवाहीमा दुई आतंककारीको मृत्यु

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको छ।
उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारवाहीमा दुई आतंककारीको मृत्यु

इस्लामावाद, कात्तिक २३ : पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचरमा आधारित सैन्य कारबाहीमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले विज्ञप्तिमार्फत बताएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको छ।

कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीचको गोली हानाहानमा दुई आतङ्ककारी मारिएको र अन्य घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्