Kathmandu Press

मोदीले गरे ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना

काठमाडौं, फागुन १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामना गरेका छन्।....

मोदीले गरे ओलीको सफल मिर्गाैला प्रत्यारोपणको कामना

काठमाडौं, फागुन १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामना गरेका छन्।

सोमबार बिहान ट्वीट गर्दै मोदीले मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको कामना गरेका हुन्। प्रधानमन्त्री ओली दोस्रो पटक बुधबार मिर्गौलाको प्रत्यारोपण गर्दै छन्। उनी आज साँझदेखि अस्पतालमा बस्नेछन्।

उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिन लागेको हो। ओलीको १२ वर्ष अघि भारतको दिल्लीमा मिर्गौला प्रयारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई प्रिय साथी भनेर सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमा भनेका छन्, ‘भगवान पुशपतिनाथले तपाइलार्ई सुस्वास्थ्य, खुशी र दीर्घायुको प्रदान गरुन।’

उनले ट्वीटमा मिर्गौला प्रत्यारोपणपछि नेपाल–भारत सम्बन्धमा ओलीको योगदान रहने विश्वास गरेका छन्।

 

प्रकाशित मिति: १०:४६ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्