Kathmandu Press

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, कात्तिक २२ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रुपैयाँले घटेर प्रतितोला एक लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार छापावाल सुनको मूल्य १ लाख  १५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी,चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर  छ। चाँदी प्रतितोला एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ। 
 

प्रकाशित मिति: ११:३९ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्