Kathmandu Press

कोरोना न्यूनीकरण लागि अन्य मुलुकले अपनाएको रणनिति अध्ययन गर्न क्यानलाई मन्त्रालयको निर्देशन

काठमाडौं, फागुन १८ :  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई विभिन्न मुलुकले अवलम्बन गरेको उडान....

कोरोना न्यूनीकरण लागि अन्य मुलुकले अपनाएको रणनिति अध्ययन गर्न क्यानलाई मन्त्रालयको निर्देशन

काठमाडौं, फागुन १८ :  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई विभिन्न मुलुकले अवलम्बन गरेको उडान सम्बन्धी रणनीतिको अध्ययन गर्न निर्देशन दिएको छ। भाइरसको प्रभाव न्यूनीकरण तथा रोकथामको लागि नेपालले उडान रोक्नु आवश्यक छ वा छैन छलफल गरि दुईदिन भित्र प्रतिवेदन पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो। 

आइतबार पर्यटन मन्त्री योगेश भट्टराईसहित मन्त्रालयमा आयोजित कोरोना भाइरसको विश्वव्यापी प्रभाव तथा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट गर्नुपर्ने रोकथाम एंव पूर्वतयारीका कार्यहरु सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो। 

बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य जाँच गर्ने प्रवन्ध तत्काल मिलाउने व्यवस्था गर्न कार्यदल गठन गरेको छ। कार्यदलमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. हेमन्त चन्द्र ओझा, विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थी, एयरलाइनस अपरेटर कमिटिबाट शरद काप्ले र सुरक्षा निकायका प्रतिनिधि रहेका छन्।

मन्त्रालयले कार्यदललाई स्वास्थ्य परिक्षणका लागि थप स्थान र उपकरणसमेतको आवश्यकता पहिचान गरी आजैदेखि तयारी गर्न निर्देशन दिएको छ।
 
त्यस्तै नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार कार्यक्रम हाललाई स्थगन गर्ने तयारी गरेको छ। 

बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका सहसचिवहरु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका निमित्त महाप्रबन्धक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, अध्यागमन विभागका महानिर्देशकलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्