प्रधानाध्यापकको हत्या आशंकामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सिरहा, कात्तिक २० : सिरहाको गोलबजार नगरपालिकास्थित एक स्कुलमा प्रधानाध्यापक मृत भेटिएपछि हत्या भएको भन्दै परिवारजन र स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
सिराहा गोलबजार नगरपालिका–३ जमदहमा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह सोमबार मृत अवस्थामा भेटिएका हुन्। घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित पीडित परिवार स्थानिय प्रदर्शनमा उत्रेका कारण राजमार्ग अवरुद्ध भएको हो। अहिले पूर्व–पश्चिम राजमार्ग चल्ने सयौँ सवारीसाधन अलपत्र परेका छन्।
गोलबजार नगरपालिका– ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालयको निर्माणाधीन भवनको तेस्रो तल्लामा साह आइतबार झुन्डिएको अवस्थामा भेटिएका थिए । साहको दुवै खुट्टाले भुइँमा छोएका कारण घटना शंकास्पद रहेको जनाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
प्रकाशित मिति: १३:०६ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)