Kathmandu Press

नेपालको ऊर्जा, पर्यटन, आइसिटी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्राष्ट्रिय समुदायलाई आग्रह गर्दैै यहाँ गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त पार्न खोजे।
नेपालको ऊर्जा, पर्यटन, आइसिटी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं, कात्तिक २० : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

आजबाट काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’ को ३७औँ सम्मेलनमा उनले नेपालको ऊर्जा, पर्यटन, कृषि, आइसिटी लगायतका क्षेत्रमा ‘एक्सप्लोर’ गर्न लगानीकर्तालाई आग्रह गरेका हुन्।

सर्वोच्च शिखर सगरमाथा र सिद्धार्थ गौतमको जन्मस्थल शान्ति क्षेत्र प्रसिद्ध लुम्बिनी लगायतका चर्चित पर्यटकीय स्थल नेपालमै रहेको उल्लेख गर्दै उनले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए।

उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्राष्ट्रिय समुदायलाई आग्रह गर्दैै यहाँ गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त पार्न खोजे।

उनले नेपालले हाल भारत, चीन, बंगलादेशलगायत राष्ट्रमा ‘ड्युटिफ्री मार्केट कनेक्टिभिटी’ बाट व्यापार गर्दै आएको, साउथ एसियासहित विश्वका विकसित देशमा भौतिक र डिजिटल रुपमा पहुँच बढाएर व्यावार बजार विस्तारसँगै अर्थतन्त्रमा सुधार गर्न चाहेको बताए।

प्रकाशित मिति: ११:११ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्