Kathmandu Press

भूकम्पपीडतका लागि तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने सिबिफिनकाे घाेषणा

भूकम्पपीडतका लागि तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने सिबिफिनकाे घाेषणा

काठमाडौँ, कात्तिक १९ : बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्पपीडतका लागि तत्काल १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। आज एक विज्ञप्ति जारी गरेर सिबिफिनले भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

सिबिफिनले मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह पनि गरेको छ। ‘राष्ट्रिय विपत्ती आइलागेको यस कठिन अवस्थालाई संवेदनशिलरुपमा लिँदै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्‍याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक आग्रह गर्दछौं,’ सिबिफिनका सचिव कुशप्रसाद मल्लीद्वारा हसताक्षरित विज्ञप्तिमा भनिएको छ।

Hardik ivf

यस संवेदनशील घडिमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति सिबिफिनले हार्दिक आभार व्यक्त पनि गरेको छ। खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक अपिल पनि विज्ञप्तिमार्फत गरिएको छ।
शुक्रबारको राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति बेहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गहिरो दुःखसमेत व्यक्त गरेको छ।

‘विपत्ति न जानकारी दिएर आउँछ, न त व्यक्ति एवं भूगोल विशेष हेरेर आउँछ भन्ने शास्वत सत्यलाई मनन् गर्दै जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पिडितहरुको सहयोगार्थ सदस्य बैंक तथा वित्तीय संस्थाहरुले सहयोग घोषणा गरिरहेको जानकारी प्राप्त भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ। भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वाथ्यलाभको हार्दिक कामना व्यक्त गर्दै दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्