क्वारेन्टाइनमा राखिएका विद्यार्थीको दोस्रो रिपोर्ट नेगेटिभ आए घर पठाइने
काठमाडौँ, फागुन १८ : चीनको वुहानबाट ल्याएर भक्तपुरको खटिपाटी क्वारेन्टाइमा राखिएको विद्यार्थीलाई सोमबार घर पठाउइने भएको छ। क्वारेन्टाइनमा रहेका एक सय ....

काठमाडौँ, फागुन १८ : चीनको वुहानबाट ल्याएर भक्तपुरको खटिपाटी क्वारेन्टाइमा राखिएको विद्यार्थीलाई सोमबार घर पठाउइने भएको छ। क्वारेन्टाइनमा रहेका एक सय ७५ जनाको दोस्रो पटक गरिएको स्वास्थ्य जाँच रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदिएमा सोमबार घर पठाइने तयारी गरिएको छ। तर, एक सय ७५ जना मध्ये एक व्यक्तीमा पनि संक्रमण देखिए बिैलाई क्वारेन्टाइमै राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, सबैको स्वास्थ्य परीक्षण गरिएको छ। उनीहरूमा कोरोना भाइरसको संक्रमण भए/नभएको सोमबार बिहान रिपोर्ट आउछ।
संक्रमण नदेखिए उनीहरूलाई भोलि नै घर पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। ‘एक सय ७५ जनामध्ये एकजनाको मात्रै पनि नेगेटिभ रिपोर्ट आएमा कसैलाई पनि घर फर्काउँदैनौँ,’ डा.देवकोटाले भने।
डा. देवकोटाका अनुसार अहिलेसम्म एक सय ७५ जनालाई नै रुघाखोकी र ज्वरो नआएकाले आत्तिनु पर्ने अवस्था छैन। तर, पछिल्ला अनुसन्धानले क्वारेन्टाइनमा बसेका व्यक्तिमा २४ दिनमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ। त्यसैले, सुरक्षित रहन चिकित्सकले सल्लाह दिएका छन्।
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि फागुन ४ गते वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरेर ल्याइएको थियो। उनीहरूको त्यही दिन स्वास्थ्य परीक्षण गरिएको थियो। त्यतिवेला सबै स्वस्थ्य रहेका थिए।
उनीहरूलाई घर पठाउन अघि फेरि स्वास्थ्य परीक्षण गरिएको हो। शनिबार गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट सोमबार बिहान आउनेछ।
सोमबारसम्ममा सबै रिपोर्टहरु आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रवक्ता डा. देवकोटाका अनुसार, सोमबार आउने रिपोर्टमा सबैका नेगेटिभ रिपोर्ट आएमा यो नै अन्तिम परीक्षण हुनेछ।
विद्यार्थीसँगै उनीहरूको उद्धारमा खटिएको टोलीका १८ जना सदस्य पनि क्वारेन्टाइनमा रहेका छन्। उनीहरूका पनि नमुना संकलन गरिएको छ। नमुना संकलनका लागि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारी, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु खरिपाटी पुगेका थिए।












-(86)-1764936079.jpg)