Kathmandu Press

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ।
आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, कात्तिक १९ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजो शुक्रबार कै मूल्य एक लाख १५ हजार ९ सय रूपैयाँ कायम रहेको छ। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी,चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ। चाँदी एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ३९० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्