पेट्रोलियम पदार्थमा थपिएको कर फिर्ता नलिए संसद अवरोध गर्ने समाजवादी पार्टीको चेतावनी
काठमाडौं, फागुन १८ : समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नगरे संसद बैठक अवरोध गर्ने चेतावनी दिएकी छन्।
काठमाडौं, फागुन १८ : समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता नगरे संसद बैठक अवरोध गर्ने चेतावनी दिएकी छन्।
बिहीबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै गिरीले संसदको अधिकारमा हस्तक्षेप गरेर मन्त्रिपरिषदले पूर्वधार करका नाममा १० रुपैयाँ कर थपेको भन्दै विरोध गरेकी हुन्। ‘संसद छलेर चोरबाटोबाट सरकारले कर थप्ने निर्णय गरेको छ। जनता माथि कर थोपर्ने सरकारको नीति मान्य हुँदैन,’ उनले भनिन्, ‘नेपाल आयल निमगसमेत प्रदुषण नियन्त्रण लगायतका विषयमा कर लगाउने गरेको छ। पहिले बुढिगण्डकी जलविद्युत आयोजनाका लागि ५ रुपैंयाँ कर उठाउन थालियो। अहिले फेरी १० रुपैयाँ उठाउने निर्णय भएको छ। यसको निन्दा गर्न चाहान्छु।’
सांसद गिरीले सरकारले राजस्वको लक्ष्य पुरा नभएपछि जनतालाई मुर्ख बनाए कर थोपर्ने नीति लिएको भन्दै उनले सरकारले निर्णय नसच्चाए संसद अवरोध गर्ने चेतावनी दिइन्।











