Kathmandu Press

जाजरकोट पुगेर बाबुरामले पहिरिए दौरा सुरुवाल र ढाका टोपी

काठमाडौं, फागुन ९ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले  पहिलो पटक जाजरकोट पुगेर दौरा सुरूवाल र ढाका टोपी लगाएका छन्।  

नयाँ शक्....

जाजरकोट पुगेर बाबुरामले पहिरिए दौरा सुरुवाल र ढाका टोपी

काठमाडौं, फागुन ९ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले  पहिलो पटक जाजरकोट पुगेर दौरा सुरूवाल र ढाका टोपी लगाएका छन्।  

नयाँ शक्ती पार्टीले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्म गरेको जनसंवाद कार्यक्रमका खस बाहुल्य जिल्ला जाजरकोट पुगेर उनले दौरा सुरूवाल, कोट र ढाकाटोपी लगाएका हुन्। उनले आज विहान सामाजिक संजालमा दौरा सुरुवाल र ढाकाटोपी लगाएर जीवनमा पहिलो पटक लगाएको बताएका हुन् । माओवादीले जनयुद्ध सुरु गरेपछि दौरा सुरुवाललाई सामान्ती राज्यसत्ताको अवशेष भन्दै बहिष्कार गरेको थियो । 

उनले सामाजिक संजालमा लेखेका छन्, 'देश अनुसारको भेष, जीवनमा पहिलो पटक दौरा सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ।'

प्रकाशित मिति: १०:१२ बजे, बिहीबार, फागुन ९, २०७५