Kathmandu Press

कोरोना त्रासको कारण संयुक्त ल्होसार कार्यक्रम स्थगित

काठमाडौं, फागुन १८ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले हरेक वर्ष मनाउँदै आएको संयुक्त ल्होसार कार्यक्रम स्थगित गरेको छ। नोवेल कोरोना भा....

कोरोना त्रासको कारण संयुक्त ल्होसार कार्यक्रम स्थगित

काठमाडौं, फागुन १८ : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले हरेक वर्ष मनाउँदै आएको संयुक्त ल्होसार कार्यक्रम स्थगित गरेको छ। नोवेल कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको र नेपाल पनि यसको उच्च जोखिममा रहेको कारण कार्यक्रम स्थगित गरेको टानले जनाएको छ। 

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेपछि ल्होसार कार्यक्रम स्थगित गरेको टानका महासचिव सरिता लामाले बताइन। साथै, नेपाल भ्रमण वर्ष सचिवालयले विदेशमा गर्ने सम्पूर्ण प्रचार प्रसार स्थगि गरेपछि ल्होसार कार्यक्रम पनि स्थगित गरिएको उनले बताइन्। 

टानले हरेक वर्ष गुरुङ, तामाङ, हेल्पु र शेर्पा जातिको ल्होसारलाई संयुक्त रुपमा टान ल्होसारका रुपमा मनाउँदै आएको छ।

भ्रमण वर्ष २०२० को प्रचार प्रसार तथा प्रवर्द्धनमा सहयोग पुर्याउने भन्दै टानले आगामी फागुन २१ गते ल्होसार मनाउने तयारी गरेको थियो।

प्रकाशित मिति: १३:२२ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्