Kathmandu Press

अर्थतन्त्र नकारात्मक अवस्थामा छैन : गभर्नर अधिकारी

अर्थतन्त्र नकारात्मक अवस्थामा छैन : गभर्नर अधिकारी

काठमाडौं, कात्तिक १८ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रको अवस्था नकारात्मक नभएको बताएका छन्। 

नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र सकारात्मक भएको भन्दै निजी क्षेत्र र राज्य सबै मिलेर नयाँ प्रोजेक्टहरु कार्यान्वयनमा लानुपर्ने बताए। 

Hardik ivf

उनले भने, ‘नेपालको अर्थतन्त्रको अवस्था त्यस्तो नकारात्मक पाउँदैनौ। निजी क्षेत्र र राज्य सबै मिलेर प्रोजेक्टको कार्यान्वयनमा लाग्नुपर्छ। प्रोजेक्ट सुरु भएको छ, योजना आयोगले बनाएको छ, सरकारले गर्दैछ भनेर दशौं वर्ष एउटै प्रोजेक्टमा लाग्ने होइन, छिटोभन्दा छिटो टुङ्गाउन आवश्यक छ। यसबाट रोजगारीको सिर्जना पनि हुन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ।’

उनले नयाँ प्रोजेक्टहरुको काम कारबाही बढाउने र शिथिलतालाई हटाउनु पर्ने भन्दै त्यसबाट नै आर्थिक क्रियाकलाप र बैंकहरुको पैसा परिचाल नहुने बताए। 

यस्तै, उनले बैङ्किङ् क्षेत्रको कुरा गर्दा विश्वका बैंकहरुमा समस्या आए पनि नेपालमा कुनै बैंकहरु समाप्त हुने अवस्थामा नपुगेको भन्दै बैङ्किङ् व्यवस्था सुरक्षित रहेको बताए। 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान परम्परागत तरिकाले नुहने भन्दै त्यसका लागि सबै पक्षहरु एकै स्थानमा आउनु पर्ने बताए। 

उनले भने, ‘निजी क्षेत्रले राखेका सुझावहरुलाई सुझावहरु मात्रै भनेर सोचिएको कारणले अहिले अप्ठ्यारो अवस्था आएको हो। यसलाई समाधान गर्नको लागि सबै पक्षहरु एकै स्थानमा आएर समस्याबाट कसरी बाहिर निस्किन सकिन्छ भनेर सोच्न आवश्यक हुन्छ। यसले आउने दिनमा आर्थिक कारोबारलाई प्रभावकारी बनाउन मद्दत पुग्छ।’
 

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्