अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको छ : मन्त्री महत

काठमाडौं, कात्तिक १८ : अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नाफिजको १५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको जमानामा नकारात्मक कुरा बिक्ने भएकाले अर्थतन्त्रलाई लिएर नकारात्मक कुरा आउने गरेको भन्दै तर अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको दाबी गरे।
उनले भने, ‘सामाजिक सञ्जालको जमाना छ, नकारात्मक कुरा बिक्छ। त्यसैले नकारात्मक कुरा नै आउँछ। के विश्वास दिलाउन चाहन्छु भने बिस्तारै अर्थतन्त्रले सकारात्मक बाटो पक्रेको छ। अहिले अर्थतन्त्र सकारात्मकतर्फ उन्मुख हुँदै छ। आत्मविश्वास र सकारात्मक सोच आवश्यक छ। सबैले खराब नै खराब छ भन्न थालेपछि जो लगानीकर्ताहरु पनि हच्किन्छन्।’
प्रकाशित मिति: १५:१७ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












