Kathmandu Press

तरुण दल केन्द्रीय सदस्य वैधको पहलमा बनेपाको विपन्न मिजार बस्तीमा सहयोग

बनेपा इन्द्र शोभा मिलन युवा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाको विशेष पहलमा आर्थिक रुपामा विपन्न परिवार लाई नगद र ह्विलचेयर प्रदान गरियो।
तरुण दल केन्द्रीय सदस्य वैधको पहलमा बनेपाको विपन्न मिजार बस्तीमा सहयोग

काभ्रे, कात्तिक १८ : बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र नेपाल तरुण दल केन्द्रीइ सदस्य सुधीर वैधले संयुक्त रुपमा आर्थिक अवस्था कमजोर भएका बनेपा–५ स्थित मिजार बस्तीमा सहयोग गरिएको छ।

विपन्न परिवारलाई नगद र अपांगता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान गरिएको छ।

Hardik ivf

बनेपा इन्द्र शोभा मिलन युवा क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाको विशेष पहलमा आर्थिक रुपामा विपन्न परिवार लाई नगद र ह्विलचेयर प्रदान गरियो।

नेपालमा पटक विपन्न परिवारलाई सहयोग गरिररहेको माइला कान्छा मानवीय सहयोग समूहको तर्फबाट पार्वती गुरुङ, माया गुरुङ र सुधीर वैधले सहयोग गरेका हुन्।

a-1699086539.jpg

कार्यक्रममा सुधीर वैध, हरि थापा, नेपाल तरुण दल काभ्रेको जिल्ला उपसभापतिहरु, नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति, नेपाल तरुण दल बनेपा नगर सभापतिबाट अपांगता भएका व्यक्तिलाई ह्विलचेयर र विपन्न परिवारलाई नगद प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका परिवारलाई नगदसहित चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न पनि हस्तान्तरण गरिएको थियो।

विशेष सहयोगी हातहरु लाई धन्यवाद दिँदै आगामी दिन पनि यस्ता सहयोग गर्दै जाने वैद्यले बताए।

प्रकाशित मिति: १४:१५ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्