Kathmandu Press

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

काठमाडौं, फागुन १८ :  निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन ग....

टुटल र पठाओको सेवा सञ्चालनबारे अझै अन्योल

काठमाडौं, फागुन १८ :  निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्‍याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन। 

टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्कातिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन। यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताए। उनले भने, 'अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन।' यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ। यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो। 

विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक लागाएके थियो। भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्यविधि/निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए। गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका थिए। 

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्