Kathmandu Press

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमद्वारा पाँच दिन भ्वाइस कल र एसएमएस सेवा निःशुल्क

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको पनि टेलिकमले जनााएको छ।
भूकम्प प्रभावित क्षेत्रमा टेलिकमद्वारा पाँच दिन भ्वाइस कल र एसएमएस सेवा निःशुल्क

काठमाडौं, कात्तिक ८ : नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा पाँच दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ। शुक्रबार मध्यरातमा भूकम्प गएको क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो।

यस्तै सो क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ।

Hardik ivf

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको पनि टेलिकमले जनााएको छ। विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्ध व्योफ गरेकाे जनाएकाे छ।

‘उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। कम्पनीका सेवासम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल ९९८५१०२१७४००, जनक डाँगी ९९८५१११०९९५५० र ओम प्रकाश ढकाल ९९८५१३४७८७०० सँग सम्पर्क गर्न पनि टेलिकमले आग्रह गरेको छ।

प्रकाशित मिति: १३:५९ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्