Kathmandu Press

कार्यभार सम्हाल्न आइपुगे भारतीय राजदुत क्वात्रा 

काठमाडौं, फागुन १८ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न बिहान ११ बजे त्....

कार्यभार सम्हाल्न आइपुगे भारतीय राजदुत क्वात्रा 

काठमाडौं, फागुन १८ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।

उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका छन्। 

यसअघि उनी फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।

प्रकाशित मिति: ११:४१ बजे, आइतबार, फागुन १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्